logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • हरेक पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔँः वामदेव गौतम

    हरेक पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔँः वामदेव गौतम

    2.4K
    Shares
    हरेक पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔँः वामदेव गौतम

    काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताएका छन् ।

    बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालमा रहेका १० हजार भन्दा बढी पहाडी टाकुरालाई पर्यटन स्थलको रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

    उनले नेपाललाई भूगर्भ र सतहअनुसार किावस गर्न नसक्दा दिगो विकास हुन नसकेको बताए । उनले नेपालको जमिन हल्लिरहेको भन्दै उनले कुनैपनि बेला विपद्जन्य घटनाहरु हुनसक्नेप्रति सरकारको ध्यानाकर्षण गराए । उनले नेपालको नेतृत्वमा भौगोलिकताअनुसार विकास गर्ने सोच नभएको बताए ।

    उनले भने, ‘हामीले हाम्रो देशको भूगर्भित, सतहको आधारमा विकास गरेनौँ । दिगो विकास गरेनौँ । त्यसकै परिणाम आज हामी भोग्दैछौँ । पोहोर साल हाम्रो सगरमाथा बढ्यो । यो प्रमाण के हो भने हाम्रो जमिन हल्लिरहेको छ । हल्लिरहेको जमिन हो, कुनैपनि बेला बाढी आउन सक्छ । थोरै मात्रै केही तलमाथि प¥यो की पहिरो गइहाल्छ । हामीले यस्तो ठाउँमा कसरी विकास गर्ने भन्ने सोचाई भएन । यो परिवर्तन गर्नुपर्छ । हिमालमा त्यही किसिमको व्यवस्थापन गरौँ । हरेक पहाडको टाकुरामा एउटा पर्यटन स्थल बनाउनुपर्छ । त्यस्ता टाकुरा १० हजार भन्दा धेरै छन् । त्यहाँ पर्यटन स्थल बनाइदियो भने पर्यटन कहाँ राखौँ भन्ने अवस्था आउँछ तर हामीले त्यो गर्न सकेनौँ । अरुको देखेर जहाँ पनि डोजर चलाएका छौँ । त्यसको निययन्त्रण गरौँ र दिगो विकास त्यहाँ लागू गरौँ ।’

    सदस्य गौतमले पहाडमा जबरजस्ती चलाइएको डोजर आतंक रोकेर दिगो विकास लागू गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend