logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • आमरण अनशनरत उपप्राध्यापक चलाउनेले राेके अनशन

    आमरण अनशनरत उपप्राध्यापक चलाउनेले राेके अनशन

    1.5K
    Shares
    आमरण अनशनरत उपप्राध्यापक चलाउनेले राेके अनशन

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफ्नो अनशन तोडेका छन् ।

    उनी पाँच दिनयता त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशनरत थिए । अनशन स्थगितबारे जानकारी दिन आज उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्दैछन् ।

    आफूँमाथि संघातिक आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि चलाउने उक्त निर्णयको विरोधमा अनशनमा बसेका थिए ।

    हिजो (विहीबार) सर्वोच्च अदालतले चलाउनेलाई आक्रमण गर्नेहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्नु भनेर अन्तरिम आदेश जारी गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend