logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंका हलमा प्रदर्शन हुन थाले भारतीय फिल्म

    काठमाडौंका हलमा प्रदर्शन हुन थाले भारतीय फिल्म

    5.8K
    Shares
    काठमाडौंका हलमा प्रदर्शन हुन थाले भारतीय फिल्म

    काठमाडौं । आज शुक्रबारदेखि भारतीय चलचित्र काठमाडौंका हलमा प्रदर्शन हुन थालेका छन्।

    भारतीय चलचित्र प्रदर्शनमा रोक नलगाउन पाटन उच्च अदालतले बिहीवार काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश जारी गरेसँगै हल संचालकले यसअघि प्रदर्शन भैसकेको ‘जरा हट्के जरा बचके’लाई फेरि चलाएका हुन् ।

    अधिकांश हलले विक्की कौशल र सारा अली खान स्टार फिल्मको शो प्रकाशित गरेका छन् । नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको लागि सांकेतिकस्वरुप पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाकारी दिएको छ। बिहीवार बेलुका अदालतको आदेशपछि बसेको संघको बैठकले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय लिएको हो ।

    अदालतले सेन्सर पास भैसकेका फिल्मलाई समेत रोक नलगाउने आदेश जारी गरेसँगै विवादास्पद ‘आदिपुरुष’ भारतीय फिल्म चलाउने बाटो खुलेको छ । तर, वितरक ब्यांकटेस इन्टरटेनमेन्टले यसबारे कुनै निर्णय नभैसकेको जनाएको छ । ‘हामी परिस्थिती कसरी अघि बढ्छ, हेछौं अनि यसबारे निधो गर्नेछौं’ वितरक कम्पनीले भन्यो ।

    अदालतको आदेशलाई सम्मान गर्दै भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको चलचित्र संघका प्रदर्शन सभापति प्रज्वल राणाले बताए । पाटन उच्च अदालतले आउँदो मंगलबार चलचित्र संघ र काठमाडौं महानगर दुबै पक्षलाई छलफलका लागि बोलाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend