काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको समूह ए अन्तर्गत आज आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ ।
तकासिङ्घा रंगशालामा नेपाली समयअनुसार १२ः ४५ बजे सुरु हुन गइरहेको खेलमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर फिल्डिङ रोजेका हुन्।
पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले हारेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।
तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको नेपाललाई सुपर सिक्समा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ। आजको खेलको विजेताले समूह एबाट सुपर सिक्समा पुग्ने एक टिमको टुङ्गो लगाउने छ।