काठमाडौं । विश्वकप छनोटमा सुपर सिक्स पुग्न जित्नै पर्ने खेलमा नेपाल दबावमा परेको छ ।
टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालले लगातार विकेट सात विकेट गुमाइसकेको छ । सातौं विकेटका रुपमा नेपालका दिपेन्द्र सिंह ऐरी १४ रनमा मात्र जोडेर आउट भएका हुन्।
३३.५ ओभरमा भान बिकले उनलाई इडवार्डबाट क्याच आउट गराए । ७ विकेटको क्षतिमा नेपालको स्कोर १२३ पुगेको छ ।
यसअघि ३१.५ ओभरमा कप्तान रोहितकुमार पौडेल ३३ रनमा आउट हुन पुगेका थिए ।