logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपाल १६७ रनमै अलआउट

    नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपाल १६७ रनमै अलआउट

    1.1K
    Shares
    नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपाल १६७ रनमै अलआउट

    काठमाडौं । विश्वकप छनोट क्रिकेट अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल रनमै १६७ अलआउट गरेको छ ।

    टस हारेर पहिले ब्याटिङको निमन्त्रणा पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रनमा समेटिएको हो ।

    ७ रन मात्रै जोड्दा पहिलो विकेटका रुपमा आशिफ शेखलाई रनविहीन गुमाएको नेपालका कुनै पनि जोडीले लामो साझेदारी खेल्न सकेनन्, लगातार विकेट गुमाउन पुग्यो ।

    नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३३ रनको योगदान दिए। सन्दीप लामिछानेले २७, कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट हुन पुगे।

    लोगन भान बेकले सबैभन्दा बढी ४ विकेट लिए । बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट हात पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend