logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • रवि लामिछानेको दाबी– रास्वपालाई २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन्

    रवि लामिछानेको दाबी– रास्वपालाई २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन्

    2K
    Shares
    रवि लामिछानेको दाबी– रास्वपालाई २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

    शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले सो दावी गरेका हुन् । सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति बनाउनका लागि पार्टीका नेता, कार्यकर्ताहरुले भने असल मानिसका लागि पद त्याग गर्ने हृदय र सोच लिएर अघि बढ्नुपर्ने बताए । उनले ‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरु पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने तर्क गरे ।

    सभापति लामिछानेले आफ्नो पार्टीलाई कुनै पनि तागतले लडाउन नसक्ने जिकीर समेत गरे । लडे आफ्नै गोडामा अल्झिएर लडने हो भन्दै उनले त्यस्तो हुन नदिनेगरी अघि बढ्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । सभापति लामिछानेले नयाँ पार्टी र व्यक्तिहरु बीच फाटो ल्याउन ठूला दलहरुले संगठित प्रयास गरिरहे पनि सफल हुन नदिने बताए ।

    उनले भने, ‘कुनै पनि बेला असल मानिसका लागि मैले अहिले लिईरहेको पद र जिम्मेवारी उसलाई दिएर म ऊसको सहयोगी हुन सक्छु कम्तिमा पनि २०८४ सालसम्म यो हृदय र यो सोच तपाईहरुसँग छ भने यो पार्टीलाई यो मुलुकको एक नम्बरको पार्टी, पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन । तर तपाई हामीहरुले असल मान्छेका लागि बस्ने ठाउँ ओगटेर बसिदियौं भने निष्ठा र इमान्दारिताका साथ काम गरि दिएनौं भने अन्तमा हामी त चुनावमै जानुपर्ने हुन्छ । म त पहिल्यै देखि बसेको हुँ भनेर जनताले पत्याउनेवाला छैन । जनता त त्यस्तो मानिस खोजिरहेका छन । जसका काँधमा यो देशको जिम्मेवारी दिन सकियोस् । त्यस अर्थमा अहिले जति पनि साथीहरुले जिम्मेवारी लिईरहनु भएको छ । मेरो विनम्रतापूर्वक अनुरोध छ–त्यो जिम्मेवारी आफ्नो व्यक्तिगत चाहनाका लागि म त फलानो पार्टीको यो सदस्य हो नि । अथवा पद यो हो नि भनेर एउटा भिजिटिङ कार्डमा गज्जव पद लेख्ने लोभमा पार्टीको पद ओगटने होइन कि साँच्चै नै त्यो पदको गरिमा बढाउनका निमित्त मुलुकको परिवर्तनको निमित्त यो अभियान सुरु भएको छ । म त्यो अभियानको एउटा सिपाई हुँ । म सिपाई भएर काम गर्न सक्छु, पद मेरो लागि ठूलो कुरा होइन । पदमा त्यही आउँछ, जो जान्दछ । जान्नेलाई छान्ने भन्नु भयो भने बस पुगिहाल्छ । मैले बारम्बार भन्ने गरेको छु साथीहरुलाई लेखेर पनि राख्नुस है ठूलो अक्षरमा बिर्सेला भनेर हिजो अस्ती पनि भनेको थिएँ कि हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर मात्रै लडछौं । अरुले हामीलाई लडाउने तागतनै राख्दैन । म यति भन्न चाहन्छु । प्रयास त हुन्छन, भईरहेका छन । अहिले देख्नु भएको छैन संगठित रुपमा हामीलाई लडाउने प्रयास भईरहेको छ । यो राम्रो कि त्यो राम्रो भनेर नयाँनयाँ नेताहरुको फोटो राख्दै ।’

    सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् असहिष्णु व्यवहार प्रर्दशन नगर्न पनि पार्टीका कार्यकर्ता र समर्थकहरुलाई सचेत गराए । हाम्रा पार्टीका कार्यकर्ता र समर्थकहरुले विपक्षको भन्दा पनि माथि उठेर गाली गलौजको भाषा सामाजिक सञ्जालमा प्रयोग गरे त्यसको असर पार्टी र दलका नेतालाई समेत पर्ने भएकाले त्यस्ता काम गर्न नहुने उनको भनाई थियो ।

    सभापति लामिछानेले इमानमा रहेका दिनसम्म मात्रै नेताहरुको बचाउमा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए । उनले सभ्य र शिष्ट ढंगले विपक्षहरुको आलोचना गर्न सक्नु नै पार्टीको हितमा हुने पनि पटक–पटक दोहोर्‍याए ।

    सभापति लामिछानेले भने, ‘हाम्रा समर्थकहरु, हाम्रा सदस्यहरु सामाजिक सञ्जालमा असहिष्णु छन । असाध्यै धेरै गालीगलौैज गर्छन भनेर आरोप लागेको छ । अव त्यो आरोप खपेर बस्न मिल्दैन । एउटा राजनीतिक दलका रुपमा समर्थकहरुले जे मन लाग्यो, त्यही भनिरहँदाखेरी त्यो दलको नेताहरुलाई त्यसको असर पर्छ । यो माया गर्नुहुने, समर्थन गर्नुहुने तपाई साथीहरुका अगाडि नभने मैले कसका अगाडि भन्ने ? मैले तपाईहरुलाई यति बिम्ति नगरे कसलाई गर्ने ? पार्टी सभापतिको हैसियतले मैले फेरी पनि तपाईहरुलाई भन्न चाहन्छु–आएका गाली, आलोचनाहरुलाई त्यो भन्दा तल गएर गाली गर्नु हुँदैन । हो, आफ्नो नेतालाई बचाउनु पर्छ । सबैले आफ्नो नेतालाई बचाउँछन । आफ्नो नेता इमानमा रहेका दिनसम्म बचाउने हो । इमान छोडेको दिन कसैले बचाउनु पर्दैन । म यो पनि तपाईहरुलाई भन्न चाहन्छु–इमानमा रहुन्जेल बचाउनु पर्छ । मात्रै यति हो कि सभ्य र शिष्ट ढंगले बचाई दिनु भयो भने ओहो रास्वपाका समर्थकहरु त कति शिष्ट भए भएछन । पहिला त कस्तो थिए । अहिले त कति राम्रा भएछन ? आलोचना त गर्छन, सुन्छन । तर कति सभ्य र शिष्ट ढंगले गर्छन भनेर भन्ने वातावरण पनि हामीले नै बनाउनु पर्नेछ । त्यसकारण माया गर्न पनि जान्नुपर्छ साथीहरु ।’

    सभापति लामिछानेले भ्रष्टहरुलाई समाप्त पार्ने अभियानमा आफ्नो पार्टी दृढतापूर्वक लागिरहेन प्रतिवद्धता समेत दोहोर्‍याए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend