logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • ‘अविरल जनसाहित्य यात्रा’ मा मालीका दर्जन कविता

    ‘अविरल जनसाहित्य यात्रा’ मा मालीका दर्जन कविता

    2.8K
    Shares
    ‘अविरल जनसाहित्य यात्रा’ मा मालीका दर्जन कविता

    काठमाडौं । राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालको मासिक ‘अविरल जनसाहित्य यात्रा’ को ८०औँ शृङ्खलामा आज प्रगतिशील कवि लक्ष्मी मालीका एक दर्जन कविता प्रस्तुत भएका छन् ।

    श्रम, सीप, सामाजिक न्याय, पिछडिएका विषय र पात्रलाई केन्द्रित गरेर लेख्ने कवि मालीले ‘आमा तिम्रो नाम के हो ?’, ‘नँछे गल्ली’ ‘हली र मैँसाबको वार्ता’, ‘सुनचरी’, ‘छाता’, ‘सिमलको टिम्बा’, ‘मनमाया’, ‘मेरी छोरी’, ‘सुनुमाया’, ‘रानीपोखरी’, ‘बाँसघारी’ र ‘एकलव्य’ कविता प्रस्तुत गरेका थिए। उनलाई वाचनमा कविहरू नमूना शर्मा, डम्बर पहाडी, नन्दु उप्रेती, अनिता लामा र अस्मिता मालीले सघाएका थिए। कवि लक्ष्मी माली नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद् सदस्य छन् ।

    कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभाका पूर्वउपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सामाजिक न्याय, समानता र समताका लागि राजनीतिकर्मी र साहित्यकारहरूले आफ्नो क्षेत्रबाट निरन्तर लाग्नुपर्नेमा जोड दिँदै मालीका कविताले त्यसतर्फ प्रेरित गर्ने बताइन् ।

    वाचित कवितामाथि समीक्षा गर्दै वरिष्ठ साहित्यकार श्यामल अधिकारीले कविता लेखनमा वरिपरिका र सामान्य विषयवस्तु उठाएर पनि सशक्त विचार प्रवाह गर्न सकिन्छ भन्ने उदाहरण कवि माली बनेको टिप्पणी गरे ।

    राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक क्षेत्रका विविध विधामा नियमित गतिविधि सञ्चालन गर्दै प्रगतिशील आन्दोलनमा सघाउन आग्रह गरे ।

    सङ्घका अध्यक्ष राम विनयले प्रगतिशील स्रष्टाहरूलाई मञ्च प्रदान गर्न र सिर्जनामाथि विमर्श गर्न अवरिल जनसाहित्य यात्राले भूमिका निर्वाह गर्दै आएको जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend