logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जसपा उभियो प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदका पक्षमा

    जसपा उभियो प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदका पक्षमा

    1.9K
    Shares
    जसपा उभियो प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदका पक्षमा

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मुलुकको शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिएको छ।

    जसपाको नयाँ विधानमा राज्यको शासकीय स्वरूपमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक प्रतिनिधित्व रहेको संसदको परिकल्पना गरिएको छ।

    यस्तै, जसपाले लोकतन्त्र, सामाजिक न्याय र समाजवादको आदर्श एवं सिद्धान्तअनुरूप बहुलबादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट जनताको नागरिक र राजनीतिक अधिकार, आर्थिक , सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउने, स्वतन्त्रता एवं न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने उद्देश्य राखिएको छ ।

    भोलि आइतबारदेखि सुरू हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि शनिबार केन्द्रीय समिति बैठक बसेको छ। शनिबारको बैठकमा विधान अधिवेशन, समाजवादी मोर्चा, कार्यकारिणी समितिले गरेका निर्णय अनुमोदन लगायतका विविध विषयमा छलफल गरिएको छ ।

    यस्तै, भोलि हुने विधान अधिवेशनमा केन्द्रीय समितिका चार सय २३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मनोनीत हुने १० जनासहित सात सय ७८ प्रतिनिधि सहभागी हुने जसपाले जनाएको छ ।

    सहभागी प्रतिनिधिलाई ११ समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend