काठमाडौं । विश्वकप छनोटको निर्णायक खेलमा १६८ रनमै समेटिएको नेपालले नेदरल्याण्ड्सको दोस्रो विकेट झारेको छ ।
डच टोलीलाई म्याक्सवेल ओ’डाउड र विक्रमजित सिंहको ओपनिङ जोडीले राम्रो सुरुवात गराए ।
पावर प्लेमा कुनै पनि क्षतिबिनै ५८ रनको योग बनाएको नेदरल्याण्ड्सका ओ’डाउडले १२औं ओभरको चौथो बलमा अर्धशतक पूरा गरेका थिए ।
तर १३औं ओभरको समाप्तीमा सन्दीपले यस साझेदारी तोड्न सफल भए । उनले ३० रनमा क्रिजमा रहेका विक्रमजित सिंहलाई एलबीडब्लु आउट गराए ।
१५औं ओभरको दोस्रो बलमा उनले नै वेस्ली बार्रेसीलाई दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट गराउन सफल भए । उनी ३ रनमै आउट भएका हुन् ।