सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

बागलुङ । बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीको भनाइ छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उनले जानकारी दिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend