logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • असारकाे सुरुमै धान रोप्न पाउँदा भक्तपुरका किसान हर्षित

    असारकाे सुरुमै धान रोप्न पाउँदा भक्तपुरका किसान हर्षित

    1.6K
    Shares
    असारकाे सुरुमै धान रोप्न पाउँदा भक्तपुरका किसान हर्षित

    काठमाडौं । असार शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरु रोपाईंमा ब्यस्त हुन थालेका छन् । काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाईंमा यतिबेला किसानहरु ब्यस्त हुन थालेका हुन् । भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरु धान रोप्न ब्यस्त छन् ।

    उनीहरु जेठका अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले रोपाईंमा ब्यस्त भएको बताउँछन् । सामान्यतया असार १५ बबाट रोपाईं शुरु हुने भएपनि असारको पहिलो सातादेखि नै किसानहरु रोपाईंको चटारोमा छन् ।

    विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाईं शुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भएपनि यस वर्ष भने जेठ अन्तिमबाट मनसुन नेपाल भित्रिएसँगै वर्षा हुँदा भक्तपुरका अधिकांश स्थानमा रोपाईं भइसकेको किसानहरु बताउँछन् ।

    सिंचाई अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाईं गर्नुपर्ने अवस्थामा यसवर्ष आकाशे पानीले नै असार शुुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाईंमा लागेका हुन् । आवश्यक पानी नपर्दा विगतमा असार १५ कुर्ने गरेका किसानहरु यस वर्ष धान रोपाईं छिटो भएपछि खुशीमा भएका छन् । खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाईंमा जुटेको उनीहरुको भनाइ छ ।

    रोपाईंमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानह डराएका छन् । धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने उनीहरुको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend