गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको निधन भएको छ ।
मालिका गाउँपालिका वडा नम्बर–८ फल्लेनीका ३९ वर्षीया विष्णु विकको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
शनिवार राति आफ्नै घरको आँगनमा चट्याङ लागेर घाइते भएकी विकको प्राथमिक स्वास्थ्य केन्द्र ईस्मा रजस्थल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो ।