logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • इलामलाई मुख्यमन्त्री कपको उपाधि

    इलामलाई मुख्यमन्त्री कपको उपाधि

    1.9K
    Shares
    इलामलाई मुख्यमन्त्री कपको उपाधि

    कोशी । कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कपको उपाधि इलामले जितेको छ । यहाँ सञ्चालित मुख्यमन्त्री कप फुटबलको फाइनल खेलमा सङ्खुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि जितेको हो ।

    जितसँगै इलामले दुई लाखसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता सङ्खुवासभाले एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    खेलका विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको छ । बेस्ट गोलकिपर इलामका मौसम मगर, बेस्ट डिफेन्स इलामका आयुश तिमलसिना, बेस्ट फरवार्ड सङ्खुवासभाका मन्दिप राई, उच्च गोलकर्ता ओखलढुङ्गाका सञ्जय गुरुङ, बेस्ट मिडफिल्डर सङ्खुवासभाका पर्शु राई र बेस्ट कोचको उपाधि इलामका छिरिङ पासाङले हात पारेका छन् ।

    यस्तै, ‘म्यान अफद सिरिज’को उपाधि इलामको विशाल तामाङ जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए ।

    खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा यही असार ४ गतेदेखि प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा कोशी प्रदेशका ताप्लेजुङबाहेक अन्य १३ जिल्लाले सहभागिता जनाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend