logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • काँग्रेस छियाछिया भयो, पुनः जीवन दिनुपर्ने खाँचो छः नेता कोईराला

    काँग्रेस छियाछिया भयो, पुनः जीवन दिनुपर्ने खाँचो छः नेता कोईराला

    1.3K
    Shares
    काँग्रेस छियाछिया भयो, पुनः जीवन दिनुपर्ने खाँचो छः नेता कोईराला

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेस पुनः जीवन दिनपर्ने आवश्यकता रहेको बताएका छन् । आईतवार पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपाली काँग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको बताए । नेता कोईरालाले काँग्रेसलाई बचाउनको लागि सुवेक्षुक संस्थाहरुले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए ।

    उनले भने, ‘नेपाली काँग्रेस छियाछिया हुन थालेको छ । अब यसलाई कसरी हामीले पुनः जीवन दिने हो ? जाडोको याममा पात झरेको देख्नुभएको छ । पात झर्दाझर्दै उसले एउटा तरंग दिन्छ वृक्षलाई की उ जाडो यामलाई छलेर जब वसन्त ऋतु आएँछ फेरि हरियो भएर जान्छ । त्यसैले तीन, चार, पाँच सय वर्ष जान्छ, त्यसलाई अपक्टोसिस भनिन्छ । यो नेचुरल प्रक्रिया हो । आउँदो भविष्यमा नेपाली काँग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ ।’

    नेता कोईरालाले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले संविधानमाथि धेरै प्रहार भइरहेको भन्दै यसको रक्षा पत्रकारहरुले गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend