logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • दुग्ध विकास बोर्डले गरेको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौँः मन्त्री भुसाल

    दुग्ध विकास बोर्डले गरेको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौँः मन्त्री भुसाल

    1.9K
    Shares
    दुग्ध विकास बोर्डले गरेको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौँः मन्त्री भुसाल

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताएका छन् ।

    आईतवार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रममा बोल्दै कृषिमन्त्री डा. भुसालले यस्तो बताएका हुन् । उनले सरकारले जुन उदेश्य लिएर बोर्डको स्थापना गरेको थियो बोर्डले त्यो उदेश्य अनुसार काम गर्न नसकेको बताए । उनले दुग्ध विकास बोर्ड दुधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको बताए ।

    उनले बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको बताए । उनले सरकार दुध विकासको पक्षमा रहेको भन्दै दुग्ध विकास बोर्ड खारेज भए पनि अन्य संरचनाबाट भए पनि काम गर्ने बताए । उनले दुग्ध विकास बोर्ड खारेज गरेर सरकार दुध विकासबाट हात झिक्न नखोजेको भन्दै पहिलाको भन्दा अझ बढी विकास गर्ने पक्षमा रहेको बताए ।

    उनले सरकारले दुध विकास गर्नको लागि भारतबाट मुर्रा राँगा ल्याउन लागेको बताए । उनले सरकारले नसल सुधार गरी दुधको विकास गर्ने तर्फ प्रतिवद्ध रहेको बताए । उनले बोर्ड खारेज हुँदैमा डेरी व्यवसायीहरु आतिहाल्नु पर्ने अवस्था नरहेको बताए । उनले सरकारले दुग्ध विकास गर्न कै लागि बोर्डको पुनःसंरचना गर्न खोजेको बताए । उनले बोर्ड खारेज गर्ने विषय मन्त्रालयबाट गएको प्रश्ताव नभएको पनि बताए ।

    उनले भने, ‘नेपाल सरकार दुधको विकासको प्रति प्रतिवद्ध छ । कुन संरचना अनुसार काम गर्ने हो भन्ने विषयमा सरकारलाई काम गर्ने अवसर दिनुहोस् । दुग्धविकास बोर्ड खारेज विषयमा आत्तिहाल्नु पर्ने,दुःखी हुनुपर्ने अवस्था देख्दिन । सरकारले कुनै न कुनै हिसावले व्यवस्थापन गर्छ । व्यवस्थापन गर्ने विषयमा सबैसँग छलफल भईरहेको छ । मन्त्रालयको प्रश्तावमा खारेज भएको होइन । खर्च कटौती आयोगले गरेको सिफारिसका आधारमा भएको छ । अहिलेको सरकारले नै गरेको भनेर जुन खालको प्रचार भएको देख्छु । त्यो उपयुक्त छैन । सरकारले दुध विकास गर्न नचाहेको भए अस्तीभर्खर मुर्रा राँगा किन ल्याउँथ्यो होला र ? दुध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागेको हो । नसल सुधारको कुरा व्यवसायीहरुले भन्नुभएको छ । विकसित नसल सुधार ल्याउने काम सरकारले गरिरहेको छ । कृषिलाई कसरी अझ राम्रो गर्न सकिन्छ भन्ने कुरा हो । कामको हिसावले भन्ने हो भने दुग्ध विकास बोर्डले गरेको कामसँग सरकार सन्तुष्ट छैन । बोर्ड जसरी जे गर्ने भनेर स्थापना गरिएको थियो । जसरी अनुसन्धान,समन्वय गर्नेगरी जुन ढङ्गले स्थापना गरिएको थियो । त्यो अनुसार काम भएको छैन । सरकारले बोर्ड पुनःसंरचना गर्न खोजेको मात्रै हो । दुध विकासबाट हात धुन सरकारले खोजेको होइन । दुध विकासको पक्षमा सरकार छ । अहिले भन्दा राम्रो गर्नुपर्छ भन्ने पक्षमा सरकार छ ।’

    कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले सरकारले दुग्ध विकास बोर्ड खारेज गर्ने प्रश्ताव फिर्ता लिनुपर्ने बताए । उनले जिडिपीमा ८ प्रतिशत योगदान दिने क्षेत्रको बोर्डलाई खारेज गर्न नहुने बताए । उनले दुग्ध विकास बोर्डलाई सुधार गरेर शसस्त बनाउनु पर्नेमा खारेज गर्ने सूचिमा राख्नु उचित नभएको बताए ।

    उनले सरकारले बजेट संशोधन गरेर बोर्ड खारेज गर्ने विषय फिर्ता लिनुपर्ने बताए । उनले नेपालमा सिजन नभएको बेलामा ३० प्रतिशत पाउडर दुध र चिज बाहिरबाट आयात गर्नुपर्ने अवस्था रहेको बताए ।

    उनले केही उद्योगहरुले लभिङ गरेर बाहिरबाट पाउडर दुध र चिज ल्याउन रोक लगाएको भन्दै त्यसको कारण दुधको मूल्य बढेको बताए । उनले सरकारले कोटा सिस्टममा भएपनि पाउडर दुध र चिज आयात गर्न खुला गर्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend