logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • झापामा विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु

    झापामा विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु

    1.8K
    Shares
    झापामा विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु

    झापा । झापाको हल्दिबारीमा विषालु सर्पको टोकाईबाट एक युवकको ज्यान गएको छ। हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

    प्रहरीका अनुसार आइतबार मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि राजवंशीले सर्पलाई समातेर घाँटीमा बेर्न खोज्ने क्रममा सर्पले उनको दुवै हातमा डसेको थियो । सर्पको डसाईबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि चाराआली लैजाने क्रममा बाटैमा ज्यान भएको डीएसपी रिजालले बताए।

    ‘अत्यधिक मदिरा सेवन गरेका कारण उनले सर्प समातेर घाटीमा बेर्न खोज्दा घटना घटेको हो’ डीएसपी रिजालले भने। ‍ उनको शव अस्पताल भद्रपुरमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend