logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेशसहित मोल्दोभाका नागरिक पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेशसहित मोल्दोभाका नागरिक पक्राउ

    1.7K
    Shares
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेशसहित मोल्दोभाका नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेशसहित मोल्दोभाका नागरिकलाई नियन्त्रणमा लिइएको छ ।

    आइतबार टर्किस एयरको ७२७ नम्बरको उडानमार्फत इस्तान्बुल हुँदै स्वीजरल्याण्ड जान लागेका मोल्दोभाका नागरिक ८ किलो ७ सय ग्राम लागुऔषध चरेशसहित पक्राउ गरिएका हुन् । पक्राउ पर्नेमा डेनिस कुसेरेवी रहेका छन्।

    प्रहरी स्रोतका अनुसार त्रिभुवन विमानस्थलको प्रस्थान कक्षबाट उनलाई पक्राउ गरिएको बताइएको छ। थप अनुसन्धानका लागि उनलाई लागुऔषध नियन्त्रण व्यूरो पठाइएको छ ।

    सो परिणामको लागुऔषध चरेश उनले कहाँबाट ल्याएका हुन् र उनको थप कनेक्सनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ०५९६२७३३५ नम्बरको रोमानियाको राहदानी उनले प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend