logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै

    अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै

    2.4K
    Shares
    अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै

    काठमाडौं । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’ मा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएकोछ ।

    नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए । नेशनल ग्यालरीले नै कलाकृति नेपाली दुतावासलाई हस्तान्तरण गरेको थियो । यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रीला इन्टरनेशनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो ।

    कूल २२ सेन्टिमिटर उचाइ ४३ दशमलव छ सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयताकार प्यानल एउटा र तीन वटा विभिन्न साइजका ‘आर्क’ शैलीका प्यानल छन् ।

    पुरातात्विक महत्वका कलाकृतिलाई जम्मा तौल २६ केजी रहेको सांग्रिला कार्गोका कार्यकारी निर्देशक सौगात सिंहले जानकारी दिए। नेपाल ल्याएपछि ती पूरातात्विक महत्वका कलाकृतिहरु पुरातत्व विभागमा राखिनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend