logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • गोरखामा भिरबाट खसेर एक जनाको मृत्यु

    गोरखामा भिरबाट खसेर एक जनाको मृत्यु

    1.5K
    Shares
    गोरखामा भिरबाट खसेर एक जनाको मृत्यु

    काठमाडौं । गोरखामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतवार जङ्गलमा काठ लिन भनेर गएका गुरुङलाई अमलेमा रहेको जङ्गलमा सोमवार मृतावस्थामा भेटिएको जानकारी दिए ।

    गुरुङको काठ लिएर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएका हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घट्नाको थप अनुसन्धान भइरहेको प्रनाउ लामिछानेले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend