मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

‘गौरीभक्त बाबा’ नामले चिनिने पुरुषोत्तम काफ्ले ठगी आरोपमा भारतको हरिद्वारबाट पक्राउ

‘गौरीभक्त बाबा’ नामले चिनिने पुरुषोत्तम काफ्ले ठगी आरोपमा भारतको हरिद्वारबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकृत र राजनीतिक पार्टीका नेताहरुसँग आफ्नो निकट सम्बन्ध रहेको बताउँदै विभिन्न व्यक्तिहरुबाट रकम उठाएको आरोपमा ‘शिवसुतक गौरीभक्त बाबा’ नामले चिनिने पुरुषोत्तम काफ्लेलाई प्रहरी पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्यका अनुसार सीआईबीको टोलीले भारतको हरिद्वारबाट काफ्लेलाई पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको हो ।

पक्राउ परेका काफ्लेमाथि २ करोड ६९ लाख रुपैयाँ ठगेको आरोप छ । पीडितहरुबाट उजुरी आउने क्रम जारी रहेकाले उनले ठगेको रकमको परिणाम थप बढ्न सक्ने सीआईबी स्रोतले बतायो ।

सीआईबी स्रोतका अनुसार उनले विभिन्न नेताहरु, नेपाल प्रहरीका बहालवाला तथा पूर्व अधिकृत लगायतसँग फोटो खिचाउने र त्यही फोटो देखाएर विभिन्न व्यक्तिहरुसँग काम गराइदिने भन्दै रकम असुल्ने गरेको पाइएको हो ।

उजुरी परेपछि प्रहरीले उनको खोजी कार्य सुरु गरेको थियो । प्रहरीले उनलाई भारतको उज्जैन, जयपुर हुँदै हरिद्वारसम्म पछ्याएर समात्न सफल भएको हो। उनलाई नियन्त्रणमा लिन सीआईबीले डिएसपी नेतृत्वको टोली हरिद्वार पठाएको थियो । सीआईबीले उनलाई आफ्नै हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend