काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा फेरि अनुसन्धान सुरु गरेको प्रहरीले थप एक जना पक्राउ गरेको छ ।
मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आज (मंगलबार) पक्राउ गरेको हो ।
यसअघि आजै सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत ५ जनालाई पक्राउ गरिसकेको छ ।