logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • १६ औं योजनामा प्राकृतिक स्रोतको विवेकशिल प्रयोगमा जोड दिन्छौंः उपाध्यक्ष श्रेष्ठ

    १६ औं योजनामा प्राकृतिक स्रोतको विवेकशिल प्रयोगमा जोड दिन्छौंः उपाध्यक्ष श्रेष्ठ

    1.8K
    Shares
    १६ औं योजनामा प्राकृतिक स्रोतको विवेकशिल प्रयोगमा जोड दिन्छौंः उपाध्यक्ष श्रेष्ठ

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले १६ औं योजनामा वातावरण संरक्षणको ग्यारेन्टी गरी प्राकृतिक स्रोतको विवेकशिल प्रयोगमा जोड दिने बताएका छन् ।

    मंगलवार राष्ट्रिय योजना आयोगमा आयोजना गरेको पत्रकारहरुसँग १६ औं योजनाको विषयक छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले मुलुक धनी बन्नको लागि मुलुकभित्र भएका प्राकृतिक स्रोतहरुको प्रयोग गर्नुपर्ने भन्दै आगामी १६ औं योजनामा प्राकृति स्रोतको विवेकशिल प्रयोगलाई जोड दिने योजना रहेको बताए ।

    उनले अहिलेसम्म नेपालको कमीकमजोरी मुलुकमा जमिन, वनजङ्गल,ढुङ्गा गिटी वालुवा र पानीको उचित प्रयोग गर्न नसक्नु भएको बताए । उनले नेपालले मुलुकभित्र भएका प्राकृतिक स्रोतको उचित लाभ लिन सक्नुपर्ने भन्दै भूटान,भारत तथा इटालीले त्यसको प्रयोग गरेको बताए ।

    उनले अन्य देशले प्राकृतिक स्रोतको वातावरण संरक्षण गरी गर्दा हुने तर नेपालले गर्न नहुने भन्ने नभएको बताए । उनले आगामी १६ औं योजनाको प्राकृतिक स्रोतहरुको विवेकशिल प्रयोग गर्नेगरी र वातावरण नबिग्रने गरेर लाभ लिनेगरी योजना बनाउने बताए । उनले डिजिटल डेटाबेस र डिजिटल युगमा फड्को मार्ने किसिमले धेरै विषयहरु समावेश गरिने बताए ।

    उनले योजना आयोगले योजना बैंक, आयोजना वर्गिकरणको योजना अघि बढाइरहेको बताए । उनले योजना बैंक, आयोजना वर्गिकरणको कार्यविधि स्वीकृत नभएकाले प्रभावकारी हुन नसकेको भन्दै आयोगले लामो समय अध्यनन अनुसन्धान गरेर कार्यविधि बनाएको बताए ।

    उनले कार्यविधि पास भएपछि योजना बैंक र आयोजना वर्गिकरणले स्थानीय तहमा आयोजना तेहेरो हुने अवस्था अन्त्य हुने बताए । उनले बजेटमा समावेश गर्ने तर कार्यान्वयन नहुने समस्या समाधानको लागि मध्यमकालिन खर्च संरचना भनेर योजना र बजेटलाई जोड्न यो कार्यक्रम आउन थालेको बताए । उनले आगामी आर्थिक वर्षको पास हुन लागेको बजेटमा नयाँ योजना नआउँदा र सिलिङ घट्दा समस्या देखिएको बताए । उनले योजनावद्ध रुपमा काम गर्न योजना आयोगको आवश्यकता रहेको भन्दै आयोग खारेज नभएर प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको बताए ।

    उनले भने, ‘मुलुक कसरी धनी बन्ने भन्दा मुलुकभित्र भएका प्राकृतिक स्रोतहरुको प्रयोगबाट हुने हो । अहिलेसम्म नेपालको कमीकमजोरी के भन्दा भएका प्राकृतिक स्रोत जमिनको सदुपयोग गरेर खेतीपाती गर्न सकेनौं । ४६ प्रतिशत वनजङ्गल पुगेको छ । त्यसको प्रयोगबाट मुलुकले लाभ लिन सकेको छैन । ढुङ्गा गिट्टी बालुवाको कुरामा वातावरण संरक्षणलाई ग्यारेण्टी गरेर तीनीहरुको प्रयोग गर्न सकिएको छैन । अहिले बंलादेशमा भूटानले ढुङ्गा गिटी वालुवा निर्यात गर्छ । नेपालमा मार्बल राजस्थान,इटलीबाट ल्याउँछौं । हाम्रो गोदावरीमा मार्बल खानी छ । बाहिर बाट आउने मार्वल उत्खन्न गरेर आउने हो। प्राकृतिक स्रोतको प्रयोग गर्न सबै देशले हुने तर नेपालले नहुने होइन । पानीको स्रोत हामीले प्रयोग गर्दै आएका छौं । त्यसैले राष्ट्रिय योजना आयोगले बनाउने आगामी १६ औं योजनाको एउटा उद्देश्य भनेको प्राकृतिक स्रोतहरुको विवेकशिल प्रयोग गर्ने हुन्छ । प्रयोग गर्ने भनेर वातावरण बिग्रने गरेर होइन । त्यस्तै,डिजिटल डेटाबेस र इगभर्मेन्समा फड्को मार्ने किसिमले धेरै विषयहरु समावेश गर्छौं । योजना आयोगले प्रोजेक्ट बैंक, आयोजना वर्गिकरणको योजना अघि बढाई रहेका छौं । कार्यविधि स्वीकृत नभएकाले प्रभावकारी भएको छैन । लामो समय अध्यनन अनुसन्धान गरेर कार्यविधि बनाएका छौ । अहिले मन्त्रीपरिषद्मा पुगेको छ । अहिले स्थानीय तहसम्म पुग्दा आयोजनाहरु तेहेरोसम्म भएको छ । त्यसलाई हटाउनको लागि आयोगले अघि बढाएको योजना बैंक र आयोगना वर्गिकरणले काम गर्छ । बजेटमा समावेश गर्ने तर कार्यान्वयन नहुने समस्या समाधानको लागि मध्यमकालिन खर्च संरचना भनेर योजना र बजेटलाई जोड्न यो कार्यक्रम आउन थालेको छ । बजेट बनाउन र बजेट सिलिङ दिने काममा संगलन हुने भएकाले आगामी बजेटमा आएको समस्या नयाँ योजना नआउँदा र सिलिङ घट्दा भएको छ । योजनावद्ध रुपमा काम गर्न योजना आयोगको आवश्यकता छ । योजना आयोग प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक छ ।’

    उनले कोभिड–१९ र युक्रेन र रसियाको युद्धले मुलुकको अर्थतन्त्रमा कति कमीकमजोरी रहेछन् भन्ने कुरा प्रष्ट पारेको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्याहरु अहिले पनि कायम रहेको बताए । उनले यसबाट मुलुकको अर्थतन्त्रमा क्षेत्रगत रुपमा रहेका समस्याहरु वास्तविक रुपमा देख्न सकिएको बताए । उनले अब योजना आयोगले १६ औं योजनामा अर्थतन्त्रमा सामान्य सुधार नभएर अर्थतन्त्र रुपान्तरण गर्ने गरी बनाउनुपर्ने बताए । उनले अब मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि क्रमभंग गर्ने किसिमले रुपमान्तरणकारी काम गर्नुपर्ने बताए ।

    उनले कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व कमी हुनुको मुख्य समस्या मुलुकको संरचनागत समस्या भएको बताए । उनले मुलुक रेमिट्यान्समा निर्भर रहनु भनेको पनि संरचनागत समस्या भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend