logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • संसद र संसदीय समिति छलेर मन्त्रीहरु बाहिर रमाउनु राम्रो होइनः अध्यक्ष तिमिल्सिना

    संसद र संसदीय समिति छलेर मन्त्रीहरु बाहिर रमाउनु राम्रो होइनः अध्यक्ष तिमिल्सिना

    1.6K
    Shares
    संसद र संसदीय समिति छलेर मन्त्रीहरु बाहिर रमाउनु राम्रो होइनः अध्यक्ष तिमिल्सिना

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरु संसद र समितिका बैठकबाट तर्किने गरेको बताएका छन् । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले निर्देशन कार्यान्वयन गर्ने कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसदमा सकेसम्म जान नपरोस् भनेर तर्किने गरेको बताए । उनले समितिले दिएका निर्देशनहरु सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने प्रवृत्ति मन्त्रीहरुमा बढी हाबी हुने गरेको उल्लेख गरे ।

    उनले सांसदहरु मन्त्री बनिसकेपछि संसदीय समितिमा आउने उत्सुकता हराउँदै जाने उल्लेख गरे । उनले संसद र संसदीय समिति छलेर साना बाहिरी काममा रमाउने प्रवृत्ति संसदीय प्रणालीका लागि राम्रो नभएको बताए ।

    उनले भने, ‘निर्देशन कार्यान्वय गर्नेहरु अर्कोतिर तर्काएर भाग्न खोज्छन्, त्यो कुरालाई ख्याल गर्नुपर्छ । उहाँहरु सबै यतातिरको हो, हामी त गरिहाल्थ्यौँ भन्ने छ । सकभर समितिले निर्देशन नदिओस्, समितिमा सकेसम्म जानु नपरोस्, त्यहाँ गएर समितिले दिएको निर्देशन सुन्न नपरोस्, त्यो कार्यान्वयन गर्नु नपरोस्, भन्ने खालको अथवा सिंगो हाउसको भन्दा त्यही व्यक्ति म सांसद हुँ, म अध्यक्ष हुन्छु, यसको गरिमाको बारेमा म बोल्छु, तर मै मन्त्री, प्रधानमन्त्री भएँ भने म गर्दिन । यसैले जन्माएको र भोलि फेरि यहीँको धेरै हुने हो, मन्त्री, प्रधनमन्त्री कति समय हुन सक्नुहुन्छ । समितिमा, संसदमा अरु काम छोडेर यहाँ आउँ भन्ने उत्सुकता, जागरुकता कम देखेको छु । मन्त्रीहरुमा । बाहिर काम छ भने मेरो बाहिर छ भनेर सकभर यहाँबाट उम्कनै खोज्ने गर्नुहुन्छ । त्यो प्रवृत्ति संसदीय प्रणालीको राम्रो होइन । संसदीय पक्षधर्ता हौँ भन्ने हो भने पक्षधर्ताले संसदलाई बलियो बनाउने हो । रिबन काट्ने भनेपछि दौडिने अनि समितिमा आउन आनाकानी गर्ने ? संसदमा आएर जवाफ दिनुपरे भाग्ने ? यो तरिका राम्रो होइन । यो कुनै एकजना मन्त्रीको कुरा होइन प्रवृत्ति जस्तो भएको छ ।’

    अध्यक्ष तिमिल्सिनाले संसदीय पक्षधर्ताले संसदलाई बलियो बनाउन लाग्नुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend