logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको छः उपाध्यक्ष अर्याल

    राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको छः उपाध्यक्ष अर्याल

    2K
    Shares
    राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको छः उपाध्यक्ष अर्याल

    काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई सरकारले उपेक्षा गरेको बताएकी छिन् ।

    मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रतिनिधि सभाका सांसदहरुलाई सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५ करोड दिने निर्णय बजेटबाट गरेको भएपनि राष्ट्रिय सभा सदस्यहरुलाई भने कुनै कार्यक्रम नल्याएर विभेद गरेको बताइन् ।

    उनले राष्ट्रिय सभा सदस्यहरु प्रदेश र स्थानीय तहसम्मै जोडिने भएकाले राष्ट्रिय सभा सदस्यलाई पनि कुनै कार्यक्रम ल्याएर संलग्न गराउनुपर्ने बताइन् । उनले विभेदपूर्ण कामलाई संसदीय समिति बसेर छलफल गरी निस्कर्षमा पु¥याउनुपर्ने बताइन् ।

    उनले भनिन्, ‘राष्ट्रिय सभाको गरिमाको विषयमा वास्तवमा उहाँहरु प्रतिनिधि सभामा एउटा क्षेत्रबाट निर्वाचित भएर जाने हो । राष्ट्रिय सभामा निर्वाचित भएर आउँदा त हामीलाई प्रदेशप्रतिको उत्तरदायित्व छ, त्यहाँ भएको सम्पूर्ण स्थानीय सरकारसँग सम्बन्धित भएर रहन्छौँ । त्यसैले हाम्रो जिम्मेवारी बढी छ, बजेटको हिसावले पनि प्रतिनिधि सभामा रहनेलाई ५ करोड ठ्याक्क दिने, हामी त प्रदेशबाट पनि सबैको आशा, अभिलाशा, हुन्छ, सिंगो प्रदेशले आशा गर्छ, न्युनतम पनि केही त गर्नुपर्छ नि । कति उत्पीडित समुदायका महिला, दलित के छन्, सिम्बोलिक रुपले केही गर्नसक्ने आउँदैन, यो कुरा वास्तवमा विभेदपूर्ण छ । यो विभेदपूर्ण अवस्थाले गरिएको छ । हामीलाई उपेक्षा गरिएको छ । यो विषयमा संयुक्त रुपमा समितिले बसेर छलफल गर्नुपर्छ । सरकार प्रमुखसँग पनि कुराकानी गर्नुपर्छ । राष्ट्रिय सभा सधैँ ओझेलमा पर्नुपर्ने वातावरणको अन्त्य हुन आवश्यक छ ।’

    उपाध्यक्ष अर्यालले राष्ट्रिय सभा सधैँ ओझेलमा पर्नुपर्ने वातावरणको अन्त्य हुन आवश्यक रहेको बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend