logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने हुन्छः शिक्षामन्त्री राई

    शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने हुन्छः शिक्षामन्त्री राई

    1.4K
    Shares
    शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने हुन्छः शिक्षामन्त्री राई

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले सो आवश्यक्ता औंल्याएका हुन् । मन्त्री राईले शिक्षा क्षेत्रको सुधारका लागि उपलब्ध बजेटको उच्चतम उपयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    उनले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सवलीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा सरकारले प्राथमिकताका साथ काम गरिरहेको दावी समेत गरे ।

    उनले भने, ‘सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यवहारिक शिक्षाको प्रत्याभूति नगरी देशका लागि आवश्यक जनशक्ति आपूर्ति हुन सक्दैन । विद्यालय शिक्षालाई गुणस्तरीय बनाउने, प्राविधिक शिक्षाको पहुँच विस्तार तथा सवलीकरण र उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने कार्यमा मन्त्रालय प्राथमिकताका साथ लागि रहेको छ । शैक्षिक सुधारका लागि उपलब्ध बजेटको उच्चतम उपयोग गर्ने प्रयास गरिनेछ । शिक्षा सुधारका लागि बजेट वृद्धि गर्दै लैजाने प्रद्धिवद्धता पनि व्यक्त गर्दछौं ।’

    मन्त्री राईले सबै नागरिकलाई गुणस्तरीय, सीपमूलक तथा व्यवहारिक शिक्षाको प्रत्याभूति गराउने कुरालाई सरकारले विशेष प्राथमिकता दिएको समेत बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend