logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • हेटौंडामा प्रथम बागमती प्रदेश युवा सम्मेलन सुरु

    हेटौंडामा प्रथम बागमती प्रदेश युवा सम्मेलन सुरु

    2.2K
    Shares
    हेटौंडामा प्रथम बागमती प्रदेश युवा सम्मेलन सुरु

    हेटौँडा । बागमती प्रदेश युवा परिषद्को आयोजनामा प्रदेश युवा सम्मेलन २०८० सुरु भएको छ ।

    सोमबार बिहान बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले सम्मेलनको उद्घाटन गरिन् । सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट १ सय ५० युवा सहभागी छन् । सोमबार र मंगलबार दुई दिन चल्ने सम्मेलनमा युवाका विषयमा विभिन्न ५ विषयमा केन्द्रित रहेर समूह छलफल हुनेछ ।

    युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउन, नवप्रवर्तन र उद्यमशीलतामा विकसित गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बागमती प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए।

    सम्मेलनको अवधारणा प्रस्तुत गर्दै परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव संकलन गर्न र अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । युवा पुस्तामा चरम निराशाका बीच आशा जगाउन आवश्यक रहेको उनको भनाइ थियो ।

    युवा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले युवा पुस्तामा छाएको निराशालाई व्यवस्थापन गर्नु जरुरी रहेको बताइन् । उनले सुशासन र नवप्रवर्तनको विकास गर्न प्रदेश सरकार चिन्तनशील रहेको बताउँदै मन्त्री मुक्तानले भनिन्, ‘सम्मेलनबाट समस्या पहिचान गर्ने मात्रै नभई युवा वर्गका समस्या समाधानका उपाय पनि खोजी गर्न आग्रह गर्छु ।’ युवाका समस्या समाधान गर्ने उपाय खोजी गर्न सम्मेलन उपयोगी हुने मन्त्री मुक्तानले विश्वास व्यक्त गरिन् ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य एक लाल श्रेष्ठले प्रदेश सरकारले युवा परिषद् र खेलकुद विकास परिषद् गाभ्ने प्रयास गरिरहेको भन्दै युवालाई सचेत हुन आग्रह गरे।

    उनले युवालाई प्रदेश सरकारको कामकारवाहीका बारेमा सघन निगरानी गर्न आग्रह गरेका छन् । आफूले प्रदेश सभामा युवाको मुद्दालाई उठान गर्ने बताउँदै प्रदेश सभा सदस्य श्रेष्ठले युवालाई सीप र क्षमता विकासका लागि हरेक जिल्लामा प्रदेश सरकारको सीप विकास तालिम केन्द्र स्थापना गर्न आवश्यक रहेको उल्लेख गरे ।

    हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले प्रथम प्रदेश युवा सम्मेलन कोसेढुंगा साविक हुने विश्वास व्यक्त गरिन् । युवाका लागि देशभित्रै अवसर सिर्जना गर्ने र उत्पादनमा युवालाई संलग्न गराउनुपर्ने बताइन् ।

    उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा.डा. नीरबिक्रम थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानलगायतको उपस्थिति रहेको थियो ।

    No description available.


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend