logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेश हुन्छः शिक्षामन्त्री राई

    संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेश हुन्छः शिक्षामन्त्री राई

    1.5K
    Shares
    संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेश हुन्छः शिक्षामन्त्री राई

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन् ।

    गत असार ४ गते मन्त्रीपरिषदका पेश गरिएको सो विधेयक त्यहाँबाट स्विकृति प्राप्त हुने वित्तिकै संसदमा पेश गर्ने उनको भनाई थियो ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री राईले सो विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको दावी समेत गरे ।

    उनले भने, ‘संघीय शिक्षा ऐन कहिले आउँछ सदन भनेर धेरै माननीयज्यूहरुले जिज्ञासा राख्नु भएको छ । मैले यस बारेमा पनि यहाँहरुलाई निवेदन गरिसकेको छु । असार ४ गते त्यो मन्त्रीपरिषदमा दर्ता भईसकेको छ । आज १२ गते हो । मलाई लाग्छ आजको क्याविनेटमा त्यो आईसकेको होला । र, मन्त्रीपरिषदले अनुमति दिनेवित्तिकै संसदमा त्यो विधेयक दर्ता हुने कुरा माननीयजीहरुलाई निवेदन गर्न चाहन्छु । र, त्यो ऐन बन्ने वित्तिकै, त्यो विधेयक संसदले पारित गर्ने वित्तिकै विद्यालय शिक्षा क्षेत्रमा दातृ निकायहरुले पनि गुणस्तर सुधारका निम्ति पर्याप्त सहयोग गर्न सक्ने जानकारी चाँही भेटवार्ताहरुमा दिने गरेका छन । दरबन्दी व्यवस्थापन, पाठ्यक्रम व्यवस्थालगायतका विद्यालय विद्यालय सुधारका धेरै काम यो ऐनले पूरा गर्नेछ ।’

    मन्त्री राईले विद्यालय शिक्षा क्षेत्रको सुधारका लागि दातृ निकायहरुले पर्याप्त सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको सदनलाई जानकारी गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend