logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अकूत सम्पत्ति कमाएको अभियोगमा जनस्वास्थ्य अधिकृत मिश्रविरुद्ध मुद्दा दायर

    अकूत सम्पत्ति कमाएको अभियोगमा जनस्वास्थ्य अधिकृत मिश्रविरुद्ध मुद्दा दायर

    3.4K
    Shares
    अकूत सम्पत्ति कमाएको अभियोगमा जनस्वास्थ्य अधिकृत मिश्रविरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा अकूत सम्पत्ति कमाएको अभियोगमा सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य अधिकृत कौशलेन्द्र मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगले गरेको अनुसन्धानबाट मिश्र सार्वजनिक सेवामा २०५७ असार सात गते प्रवेश गरेको र २०७८ कात्तिक २६ गतेसम्मको अवधिमा एक करोड १३ लाख ४५ हजार आठ सय पाँच मात्रै बैध आय गरेको पाइएको छ । सो अवधिमा उनको दुई करोड ४३ लाख ९१ हजार पाँच सय ६५ बराबरको लगानी भएको देखिएको छ ।

    अनुसन्धनमा एक करोड ३० लाख ४५ हजार सात सय ७० बराबरको सम्पत्तिको स्रोत नखुलेकाले मिश्रले गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति सगोलमा रहेका पत्नी सरोज कुमारी र तुलसीकुमारी मिश्रको नाममा समेत राखेको पाइएको छ । आयोगले उनीहरुको नाममा रहेको सम्पत्तिसमेत जफथ गर्न माग गरेको छ ।

    आयोगले बिगो बराबरको रकम असुलीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend