logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नेपालद्वारा थाइल्यान्डसामू २७० रनकाे विशाल लक्ष्य

    नेपालद्वारा थाइल्यान्डसामू २७० रनकाे विशाल लक्ष्य

    4.6K
    Shares
    नेपालद्वारा थाइल्यान्डसामू २७० रनकाे विशाल लक्ष्य

    काठमाडौं । निरज यादव र सूर्यांशु कोइरालाले शतकीय ओपनिङ साझेदारी जमेसँगै नेपालले एसीसी यू–१६ इस्ट जोन कपमा थाइल्यान्डसामू विशाल लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २ सय ६९ रनको योगफल तय गर्न सफल भएको हो ।

    बांगीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा निरज र सूर्यांशुले पहिलो विकेटमा १३ ओभरमा १ सय २६ रनको योगदान दिँदै नेपालको योगफल बढाउन आधार दिएका थिए । निरजले ४३ बलमा ७४ रन बनाए । २१ बलमै ७ चौका र ६ छक्काको सहायतामा अर्धशतक पूरा गरे । सुर्यांशुले ५५ बल खेल्दै ३ चौकासहित ४० रन जोडे ।

    आशिष लुहार १३ रनमा आउट भएतापनि सन्तोष यादव र नरेन भट्टले चौथो विकेटमा ८१ रनको साझेदारी कायम गर्दै नेपालको रन बढाउने शिलशिलालाई निरन्तरता प्रदान गरेका थिए । सन्तोषले ३६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन बनाए ।

    नरेन ५३ र प्रतीक पोखरेल १ रनमा नटआउट रहे। नरेनले ४३ बल खेल्दै ५ चौका प्रहार गरे । अशोक धामी ५, अविशेक तिवारी १४, दीप भुजेल ६ र कृतिक कामत रनरहित आउट भए । नेपाल यस खेलमा विजयी भएमा मलेसियासँगै सेमिफाइनल प्रवेश गर्नेछ । थाइल्यान्ड समूह ‘ए’ को पहिलो खेलमा मलेसियासँग हार व्यहोरेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend