logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • व्यक्ति, समाज र देशका लागि जीवन उपयोगी हुने शिक्षा आवश्यक: ओली

    व्यक्ति, समाज र देशका लागि जीवन उपयोगी हुने शिक्षा आवश्यक: ओली

    896
    Shares
    व्यक्ति, समाज र देशका लागि जीवन उपयोगी हुने शिक्षा आवश्यक: ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिका लागि उपयोगी हुने खालको शिक्षा पद्धति अपनाउनुपर्ने बताएका छन्।

    मदन भण्डारी मेमोरियल कलेजको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बिहीबार बोल्दै उनले समाजमा लागू गर्न सकिने शिक्षा आवश्यकता रहेको बताएका हुन् ।

    अध्यक्ष ओलीले भने,‘हामीले हाम्रो शिक्षा व्यक्तिका लागि, समाज र देशका लागि जीवन उपयोगी हुने दिनुपर्छ।’

    उनले देशलाई शान्त, सुखी र समृद्धि कसरी बनाउन सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताउँदै ओलीले नेपालमा विकासका सम्भावना भएको भन्दै देशप्रति गर्व गर्नुपर्ने बताए ।

    उनले सफलता इमान्दारीताबाट मात्रै प्राप्त हुने उल्लेख गर्दै राम्रो काम गर्छु भन्ने संकल्प गरेर अघि बढ्नुपर्ने बताए। ‘मौरीको संगतमा हिँड्यो भने फूलबारीमा पुगिन्छ। झिँगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिन्छ।’ उनले भने ।

    ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले नभएर भास्कराचार्यले पत्ता लगाएको दाबी गरे। ‘आर्य भट्टका शिष्य भास्कराचार्यले पृथ्वीको बेस, तौल, चन्द्रमाको दुरी ,सूर्यको दूरी पृथ्वी गोलो रहेको र यसले कसरी घुम्छ भन्ने कुरा पत्ता लगाएका थिए। पछि न्युटनले भनेका हुन्।’ ओलीले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend