logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते

    भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते

    2.2K
    Shares
    भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते

    एजेन्सी । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई–टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

    घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो। अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो ।

    घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend