logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कर्णाली प्रदेश प्रमुख परियारद्वारा इदको शुभकामना

    कर्णाली प्रदेश प्रमुख परियारद्वारा इदको शुभकामना

    2.1K
    Shares
    कर्णाली प्रदेश प्रमुख परियारद्वारा  इदको शुभकामना

    कर्णाली । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुस्लिम धर्मावलम्बीको पर्व इदउल अज्हा (बकर इद) को शुभकामना दिएका छन् ।

    प्रदेश प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै कर्णालीवासी, देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका हुन् ।

    सन्देशमा भनिएको छ, ‘आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसीका साथ पर्व मनाउन र पुरानो सोच तथा संस्कृतिको अन्त्य गर्दै नयाँ सोच, विचार र संस्कृतिको विकास गर्नु आवश्यक छ ।’

    नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख गर्नुकासाथै प्रदेश प्रमुख परियारले यस पर्वले नेपालीबीच सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend