logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रदेश प्रमुख शेरचनबाट बकर इदकाे शुभकामना

    प्रदेश प्रमुख शेरचनबाट बकर इदकाे शुभकामना

    2.1K
    Shares
    प्रदेश प्रमुख शेरचनबाट बकर इदकाे शुभकामना

    लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले इस्लाम धर्माबलम्बीको महान चाड बकर इद (इद उल अजहा) को उपलक्ष्यमा आज शुभकामना सन्देश दिएका छन् । उनले मुस्लिम समुदायको दोस्रो महान् पर्व बकर इद एकापसमा खुसीयाली साटासाट गरी हर्षोल्लासका साथ मनाइने पर्व भएको बताए ।

    आज एक शुभकामना सन्देश जारी गर्दै प्रमुख शेरचनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको बताएका छन् ।

    उनले यस्ता पर्वले नेपालीबीच एकता, प्रेम र सहिष्णुता कायम राख्दै सामाजिक न्यायसहितको समुन्नत राष्ट्र निर्माणमा सहयोग पुगोस् भन्ने कामना गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend