logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • लोकतन्त्र बलियो बनाउन सबै जुटौँः मन्त्री गुरुङ

    लोकतन्त्र बलियो बनाउन सबै जुटौँः मन्त्री गुरुङ

    1.5K
    Shares
    लोकतन्त्र बलियो बनाउन सबै जुटौँः मन्त्री गुरुङ

    काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले लोकतन्त्र बलियो बनाउने काममा जुट्नुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।

    शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले लोकतन्त्र बलियो नभइकन आदिवासी जनजातीहरुको भावना र पहिचानलाई स्थपित गर्न नसकिने बताइन् ।

    उनले लोकतन्त्र कमजोर हुँदा आवाज उठाउने ठाउँहरु पनि नहुने बताइन् । उनले लोकतन्त्रलाई बलियो बनाएर मात्रै सबै योगदानहरुको कदर गर्न सकिने बताइन् ।

    उनले भनिन्, ‘यदी यो मुलूकमा लोकतन्त्र नहुँदो हो भने, हिजो पञ्चायतकालकै व्यवस्थालाई मूल्यांकन गर्ने हो भनेपनि हाम्रो संस्थागत रुपमा आवाज उठाउने, संस्थागत रुपमा अधिकारलाई स्थापित गर्नको लागि बोल्न पाउने अधिकार थिएन । जब ०४६ सालपछि लोकतन्त्र आयो, अनि मात्रै हामीले यस्ता अधिकार प्राप्त गरेका छौँ । लोकतन्त्र बलियो बनाउने कुरामा हामी सबै लाग्नुपर्छ । लोकतन्त्र भित्र मात्रै हाम्रो आदिवासी जनजातीहरुको भावना र पहिचानलाई स्थपित गर्न सकिन्छ ।’

    मन्त्री गुरुङले मन्त्रालयमा रहेर निष्पक्षताका साथ जनमुखी काम गर्ने प्रतिवद्धता जनाइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend