काठमाडौं । ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रियसभाबाट पारित भएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
यस अघि बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ बैठकमा पेश गरेका थिए ।