logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको छः मन्त्री गुरुङ

    महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको छः मन्त्री गुरुङ

    1.6K
    Shares
    महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको छः मन्त्री गुरुङ

    काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको बताएका छन् ।

    शुक्रवार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महिला सांसदहरुले दिएका अभिव्यक्ति पुरुषका भन्दा तार्किक र परिष्कृत रहेको बताए ।

    उनले महिलाहरुले विषयको गम्भीरतालाइ बुझेर मिहेनतका साथ अभिव्यक्ति दिने गरेको भन्दै प्रशंसा गरे । उनले पुरुष सांसदहरुले बोलेका अभिव्यक्ति पछि हेर्दा पश्चाताप लाग्ने खालको रहेको भन्दै अध्ययनसहित आफ्ना धारणा राख्दा संसदको गरिमा बढ्ने बताए ।

    उनले भने, ‘महिला माननीय ज्युहरुको भुमिकाले संसद तिखारिँदै गएको छ । अझै पनि उहाँहरुको भुमिकाले तिखारिँदै जानेछ जस्तो मलाई लाग्छ । कहिले काहीँ हामीले बोल्दा पछि पश्चताप लाग्छ, छेउ न टुप्पोको कुरा बोलेँ की जस्तो मलाई पनि लाग्छ, पश्चताप हुन्छ । तर महिला दिदिबहीनीहरुले राम्रो कुरा बोल्नु हुन्छ । गम्भीर कुरा गर्नुहुन्छ, मेहनत गरेर बोल्नुहुन्छ । हामी खासै मेहनत गर्दैनौँ, जसले कहिलेकाहीँ छेउ टुप्पो मिल्दैन । हामीले बालेको कुरा कति प्रचार हुन्छ त्यो महत्वपूर्ण होइन, हामीले बोलेको कुराले संसदको गरिमा कति बढ्छ त्यो महत्वपूर्ण हुन्छ ।’

    मन्त्री गुरुङले संसदमा बोल्दै गदौ विषयान्तर बढी हुने प्रवृत्ति पनि बढीरहेको बताए । उनले आफू संसमा तेस्रो पटक आएपनि आफू संसदको विद्यार्थी रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend