मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

एकीकृत समाजवादीले अहिले कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना छैन: अध्यक्ष नेपाल

एकीकृत समाजवादीले अहिले कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना छैन: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेकै अवस्थामा कुनैपनि पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई नै बलियो बनाउन चाहेको बताएका हुन् ।

दक्षिणन्थी धार छाडेर क्रान्तिकारी धारमा आफूहरु रहेको दाबी गर्दै उनले समाजवादको दिशामा अगाडि बढ्ने वातावरण निर्माणमा लागिपरेको बताए ।

‘भर्खरै हामीले समाजवादी मोर्चा बनाइएका छौं। मोर्चामा कम्युनिष्ट मात्र नभई गैर कम्युनिष्ट पार्टीहरु समेत रहेका छन्। गैरकम्युनिष्ट जनता समाजवादी पनि समावेश छ।’ उनले भने ।

समाजवादप्रति आकर्षण बढिरहेको उनको भनाई छ। उनले भने,‘केन्द्र र प्रदेश सरकारमा मन्त्री बनाएका छौं । उनीहरुले काम राम्रो गर्नुपर्छ।’

उनले कोशी प्रदेशमा एमालेको सरकार ढलेकाले चाँडै बन्ने नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी हुने बताए। उनले कसैलाई निषेध र एक्लो बनाउन नचाहने धारणा राखे।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend