logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • हुम्लामा आगलागी हुँदा २४ लाखको क्षति

    हुम्लामा आगलागी हुँदा २४ लाखको क्षति

    1.8K
    Shares
    हुम्लामा आगलागी हुँदा २४ लाखको क्षति

    हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–८ लिगुखेत (बटुम) को एक घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ ।

    स्थानीय जसवीर शाहीको घरमा आज बिहान बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घरको तेस्रो र दोस्रो तलामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    घरको तेस्रो र दोस्रो तलामा पूर्णरुपमा क्षति पुर्‍याए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमला भट्टराईले बताइन्। ‘घरमा आगलागी हुँदा शाहीको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएका गरगहना तथा अन्नपात, काठलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएका छन्’, उनले भने ।

    सिमकोट–७ मा रहेको धारापोरी प्रहरी चौकीका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend