आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०-०८१ को बजेट माथिको छलफलमा लागि आइतबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

प्रदेश सरकारले असार १ गते संसदमा प्रस्तुत गरेको बजेटमाथि छलफलका लागि असार १२ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध पछि ३ दिनका लागि स्थगित गरिएको थियो ।

बजेटमा विभेद गरिएको, निश्चित निर्वाचन क्षेत्रमा पहुँचका आधारमा बजेट विनियोजन गरेको, मुख्यमन्त्री र मन्त्रीहरूको जिल्लामा बजेट केन्द्रित गरेको लगायतका विषयमा प्रश्न उठाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र विपक्षी दल राप्रपाले १२ गतेदेखिको बैठकमा निरन्तर अवरोध गर्दै आएका छन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend