logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बारालाई

    प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बारालाई

    2.5K
    Shares
    प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि बारालाई

    सिमरा । बारा जिल्ला फुटबल संघले दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई २–१ ले हराउँदै बाराले उपाधि हात पारेको हो ।

    बाराका लागि विवेक चौधरी र सागर चौधरीले एक(एक गोल गरेर जितका लागि महत्पूर्ण योगदान दिए। रौतहटका लागि भने रोशन पहारीले एक गोल फर्काए।

    खेलको २६औं मिनेटमा विवेकको गोलबाट अग्रता लिएको बाराले ४१औं मिनेटमा अग्रता दोब्बर पारेको थियो। पहिलो हाफमा लिएको अग्रता जोगाउदै उपाधी नजिकै पुगेको बाराविरुद्ध रौतहटले इन्जुरी समयमा एक गोल फर्काएको थियो।

    प्रतियोगिता विजेता बाराले ट्रफिसहित नगद ५० हजार र उपविजेता रौतहटले ३० हजार प्राप्त गरेका छन् । विधागत पुरस्कारतर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बाराका विवेक चौधरी घोषणा गरिएका छन् भने सर्वाधिक गोलकर्ता बाराका सागर चौधरी, उत्कृष्ट डिफेन्ड बाराका श्याम चौधरी र उत्कृष्ट प्रशिक्षक बाराका उमेश श्रेष्ठ घोषित भए।

    यसैगरी, उत्कृष्ट मिडफिल्ड रौतहटका विपिन मगर, उत्कृष्ट गोलरक्षक रौतहटका निरज धामी र उत्कृष्ट फरवार्ड सिरहाका सुजन मगर घोषित भएका छन्। विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही पाँच हजार पाएका छन् ।

    विजेता तथा उपविजेता खेलाडीलाई पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई, पूर्व प्रदेशसभा सदस्य शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, एन्फाका केन्द्रीय उपाध्यक्ष दावा लामा, राष्ट्रिय खेलकुद परिषदका सदस्य मानदेव हजरा, मधेस प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्की, बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामालगायतले पुरस्कार वितरण गरेका थिए।

    मधेस प्रदेश फुटबल संघका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उमपहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, नेपाली कांग्रेस बाराका सभापति राजेशराय यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, नेपाली कांग्रेस जीतपुरसिमरा नगर सभापति छविलाल शर्मालगायतको उपस्थिती थियो ।

    मधेस प्रदेश फुटबल संघको आयोजना र बारा जिल्ला फुटबल संघको सहआयोजनामा संचालन भएको प्रतियोगितामा मधेसका आठ जिल्लाको सहभागिता रहेको थियो। मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको आर्थिक सहयोगमा असार ११ गतेदेखि प्रतियोगिता सुरु गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend