आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बागमती प्रदेश सभाको बैठक आज बस्दै

बागमती प्रदेश सभाको बैठक आज बस्दै

हेटौंडा । आज बागमती प्रदेशसभाको बैठक बस्दै छ। प्रदेश सभा भवन, हेटौंडामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

गत असार १ मा प्रदेश सरकारले पेश गरेको आगामी आथिर्क वर्षको बजेट माथिको छलफल अझै पनि सुरु हुन सकेको छैन् ।

विपक्षी दलहरु नेकपा एमाले र राप्रपासँग समझदारी कायम गरेर आजको बैठक सुचारू गराउने प्रयास गरिएको प्रदेश सरकारले जनाएको छ ।

उक्त विनियोजन विद्येयकमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा प्रतिपक्षी दलहरुले लगातार अवरोध गरेपछि ३ दिनका लागि रोकिएको थियो । उनीहरूले बजेट विभेदकारी रहेको आरोप लगाउँदै आएका छन् ।

तर, आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा प्रदेश सरकार रहेको बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend