logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कम्युनिष्ट पार्टीले जनतालाई सुखी र समृद्ध बनाउनुपर्छ, प्रचण्डले कोशिस गर्दै हुनुहुन्छ: अध्यक्ष नेपाल

    कम्युनिष्ट पार्टीले जनतालाई सुखी र समृद्ध बनाउनुपर्छ, प्रचण्डले कोशिस गर्दै हुनुहुन्छ: अध्यक्ष नेपाल

    1.7K
    Shares
    कम्युनिष्ट पार्टीले जनतालाई सुखी र समृद्ध बनाउनुपर्छ, प्रचण्डले कोशिस गर्दै हुनुहुन्छ: अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने बताउँदै अहिले सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले गम्भीरताका साथ लाग्नुपर्नेमा जोड दिएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापकमध्येका एक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रममा आज भक्तपुरमा बोल्दै उनले राजनीतिक क्रान्ति सम्पन्न भएपनि जनतालाई सुखी बनाउने महत्वपूर्ण अभिभारा बाँकी रहेको बताए । ‘जनताको जीवनमा आमूल परिवर्तन गर्ने, जनताको जीवनलाई सुखी बनाउने, यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने छ ।’ उनले भने ।

    उनले जनताको जीवनलाई परिवर्तन गर्न प्रचण्ड नेतृत्वको सरकारले कोशिस गरिरहेको बताउँदै भने, ‘त्यही कम्युनिष्ट पार्टीको नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौं । कमरेड पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाइ गर्दै हुनुहुन्छ । उहाँले समाजवादको यात्रामा देशलाई कसरी अगाडि बढाउने हो, यस बारेमा अझै पनि गम्भीर चिन्तन मनन गरेर के गर्दाखेरि जनताका वेदना र दुःखहरुलाई सम्बोधन गर्न सकिन्छ भन्ने सन्दर्भमा उहाँले आफ्नो तर्फबाट प्रयास गर्दै हुनुहुन्छ ।’

    पूर्वप्रधानमन्त्री नेपालले सबैले आ–आफ्नो ठाउँबाट इमान्दारीपूर्वक पहल गरे अग्रजहरुको सपना साकार हुने विश्वास व्यक्त गरे । ‘सबैका ज्ञान, सबैका अनुभव, सबैका बुद्धिलाई लिएर इमान्दारीताका साथ अगाडि बढ्ने हो भने, अनि हाम्रा ती अग्रज योद्धाहरु जसले नयाँ नेपाल निर्माणको परिकल्पना गर्नु भएको थियो, उहाँहरुको सपनालाई साकार पार्न सकिन्छ ।’ उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend