logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    3.2K
    Shares
    बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा बृद्धि भएको जनाएको छ।

    गत साताको शुक्रबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको भएको हो। महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको हो । योसँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि हुँदै किनबेच भएको थियो ।

    यस्तै, आज तोलामा १० रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ। गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६० रुपैयाँ तोकिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend