एजेन्सी । केही दिन देखि एक जना युवकको हत्या भएपछि फ्रान्स अशान्त बनिरहेको छ ।
यसै बीच आक्रोशित प्रदर्शनकारीहरूले पेरिसको दक्षिणस्थित शहरका मेयरको घरमा कार प्रहार गरेका छन् । सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन् ।
मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीटरमा लेखेका छन् –‘प्रदर्शनकारीहरूले ‘आगो लगाउनु अघि’ उनको घरमा गाडी प्रहार गरे सो घटनामा मेरी श्रीमती र छोरा घाइते भएका छन् ।’