काठमाडौं । जिम्बाब्वेमा चलिरहेको आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत यूएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता पाएको छ ।
तीव्र गतिका बलर करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका हुन्। खेलको दोस्रो बलमा नै उनले विकेट लिएका हुन् । करणले आक्रामक ब्याटर आसिफ खानलाई रनबिहीन अवस्थामै क्रिज बाहिरिन बाध्य पारे ।
हरारेमा रहेको ताकासिङ्गा स्पोर्ट्स क्लबमा भइरहेको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ चुनेको हो। विश्वकप छनोटको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्लेअफमा प्रतिस्पर्धा गरिरहेको हो ।
यस खेलमा जित निकाल्ने टोलीले सातौं स्थानको लागि आयरल्याण्डको सामना गर्नेछ भने पराजित टोलीले नवौँ स्थानका लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।