logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुन तस्करीको आरोपमा बुटवलका दुई सुनचाँदी पसल शिल

    सुन तस्करीको आरोपमा बुटवलका दुई सुनचाँदी पसल शिल

    3.5K
    Shares
    सुन तस्करीको आरोपमा बुटवलका दुई सुनचाँदी पसल शिल

    बुटवल । भारततर्फ लैजाँदै गरेको अवस्था करिब दुई किलो सुन बरामद गरिएको प्रकरणमा बुटवलमा दई सुनचाँदी पसलमा शिल लगाइएको छ ।

    सुन तस्करीमा संलग्न रहेको शंकामा बुटवल अमरपथका बालाजी सुनचाँदी पसल र लक्ष्मीपती सुनचाँदी पसललाई शिल गरिएको हो । बालाजीका सञ्चालक इन्द्र सुनार हुन् भने लक्ष्मीपतीकी सञ्चालक इन्द्र सुनारकै श्रीमती हुन् ।

    यही असार १० मा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ कालीदह नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले इँटा जस्तै रङ र आकारको झण्डै साढे २ किलोको शंकास्पद वस्तु फेला पारेको थियो । अनुसन्धान गर्दा इँटा जस्तो उक्त वस्तु १ केजी ९६५.३ ग्राम तौलको सुन रहेको पुष्टि भएको थियो ।

    सुन बरामदका क्रममा पक्राउ परेका व्यक्ति दाङ घोराही उपमहानगरपालिका–१० का हुमानन्द गिरीको बयानका आधारमा तस्करीमा बालाजी र लक्ष्मीपती बालाजी सुनचाँदी पसलको पनि संलग्न रहेको प्रारम्भिक छानबिनका क्रममा खुलेको भैरहवा भन्सार कार्यालयले बताएको छ। दुवै पसलमा आइतबार शिल लगाई अनुसन्धान थालिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम अर्यालले जानकारी दिए ।

    सुनसहित पक्राउ परेका गिरीलाई जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान गरिरहेको र सोही अनुसन्धानबाट सुनचाँदी पसलको पनि संलग्नता देखिएकाले पसल शिल गरिएको उनको भनाई छ ।

    सशस्त्र प्रहरीले झण्डै २ करोड मूल्य बराबरको १ केजी ९६५.३ ग्राम तौलको सुन, सुन तस्करी गर्न प्रयोग भएको बा१२च ३८२० नम्बरको मारुती सुजुकी कार र कार चालक दाङका हुमानन्द गिरीलाई नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालयको जिम्मा लगाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend