शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनको भाउमा सामान्य गिरावट, चाँदी भने स्थिर

सुनको भाउमा सामान्य गिरावट, चाँदी भने स्थिर

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य सामान्य गिरावट आएको जनाएको छ । हिजो आइतबारको तुलनामा सुनको मूल्यमा सामान्य गिरावट आएको जनाएको हो ।

प्रतितोला १०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम गरिएको छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । हिजो आइतबार तोलामा १३ सय ७० रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले बताएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend