logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रियसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल

    राष्ट्रियसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल

    1.4K
    Shares
    राष्ट्रियसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल

    काठमाडौं । प्रतिनिधिसभाबाट पारित भइसकेको विनियोजन विधेयक, २०८० माथि राष्ट्रियसभामा छलफल सुरु भएको छ ।

    राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।

    यी मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजित बजेटमा सांसदहरु इन्दिरादेवी गौतम, भगवती न्यौपाने, सोनाम गेल्जेन शेर्पा, सुमित्रा बिसी र नरपति लुवारले खर्च कटौतीका प्रस्ताव पेस गरेका छन् ।

    आजको बैठकमा सांसदहरूले दलितमाथि हुने विभेदको विषय उठाएका छन् । दाङको तुलसीपुरमा दलित विद्यार्थीको जात थाहा पाएपछि घरबेटीले घर निकाला गरेको विषय राष्ट्रियसभामा उठेपछि यसबारे छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको छ ।

    ‘यस विषयमा के भएको हो आवश्यक कारबाही गरी सभालाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउँदछु । अवश्य पनि सरकारबाट जवाफ आउनेछ’, राष्ट्रियसभाको बैठक सञ्चालन गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा बैठकमा भनिन् ।

    त्यस्तै, राष्ट्रिय सभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यतालिका छ । शिक्षामन्त्री राईले आजको बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यतालिका छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend