सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

एकीकृत समाजवादीका अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान

एकीकृत समाजवादीका अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गरेका छन् ।

श्रीलङ्कन कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल त्यहाँ आयोजित दक्षिण एशियाली कम्युनिष्ट पार्टी तथा वामपन्थी पार्टीहरुको बैठकमा सहभागी हुने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिए ।

उनको अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा गङ्गालाल तुलाधरले जानकारी दिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend